काठमाडौँ। नेपाली कांग्रेसको उपसभापतिमा झिनो मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतगणनाको लागि आग्रह गर्दै निवेदन दिएका छन् । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुन: मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका हुन्।
शेखर कोइराला प्यानलका धनराज गुरुङले १९०८ मत ल्याएर विजयी हुँदा गच्छदारले १९०६ मत पाएका थिए। अर्को उपसभापतिमा संस्थापन पक्षकै पूर्णबहादुर खड्का विजयी भइसकेका छन् ।