बिहिवार, आश्विन १५ गते २०८३

होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना वेपत्ता 

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जनाको ज्यान गएको छ । सोमबार अपरान्ह भवन भत्किदा ९ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका हुन् ।     
     
सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये ८ जनाको मृत्यु भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी निकालिएको थियो ।     
     
त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।     
     

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार