शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको दलित, महिला र जनजाती सहमहामन्त्रीमा यी नेता बिजयी, ५ सहमहामन्त्रीको मतगणना आज

शुक्रवार , पौष २, २०७८

काठमाडौं। नेपाली कांगेसको ८ मध्ये तीन सहमहामन्त्री पदको नतिजा सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार महिला समूहबाट महालक्ष्मी उपाध्याय (डिना) र आदिवासी जनजाति समुहबाट भीष्मराज आङ्देम्बे विजयी हुनु भएको छ । उहाँहरु सभापति शेरबादुर देउवा पक्षको हुनुहुन्छ । दलित समूहबाट भने शेखर कोइराला पक्षका जीवन परियार सहमहामन्त्रीमा विजयी हुनु भएको छ । 

नेपाली कांगेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा आज पाँच जना सहमहामन्त्रीको मतगणना गरिने भएको छ । आठ सहमहामन्त्री मध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । बाँकी पाँच क्लस्टरको मत गणना आज गरिने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार