बिहिवार, आश्विन १५ गते २०८३

एक अस्पतालमा आगलागी हुदा ४१ को मृत्यु   

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।
उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको उपचार भइरहेको थियो । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको समाचारमा जनाइएको छ। 
     
अस्पतालमा निर्माण गरिएको कोभिड १९ का संक्रमितहरुलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१ जनाको ज्यान नै गएको बताइएको छ भने अरु केही विरामीहरु घाइते भएका छन् ।     
     
अस्पतालमा आगो लागेपछि ठूलो संख्याका अग्नि नियन्त्रकहरु आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरुले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुन पुगेको बताइएको छ । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमीटर टाढा रहेको छ ।     

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार