काठमाडौँ। नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा शेखर कोइराला पक्षका बद्री पाण्डे विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतले पराजित गरे ।
अपरान्ह सकिएको मतगणनामा पाण्डेले २ हजार ४११ मत प्राप्त गरे। शाहीले २ हजार १३३ मत प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । शाही कर्णालीका मुख्यमन्त्री हुन् । यस्तै तेस्रो स्थानमा देखिएका चेतराज बजालले ९९ मत ल्याएका छन् ।