काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा २६९ जना कोरोना संक्रमित भएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७ हजार ६९१ जनामा पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३२५ जनामा एन्टीजेन परीक्षणमा ५ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ४४५ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ९०२ पुगेको छ ।
२४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । शुक्रबार ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ । २४ घण्टामा २ लाख ६ हजार ५२२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।