काठमाडौं। नेपाली कांग्रेसको प्रदेश २ बाट केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नम्बर २ (महिला) एक पदमा यादव विजयी हुनुभएको हो । यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।