काठमाडौं। नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । चार हजार ६७२ मत खसेकोमा पूर्वमन्त्री सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै पाए ।