आइतवार, श्रावण २४ गते २०८३

कोरोना अपडेट : १८९ जना संक्रमित थपिए, २५० जना सङ्क्रमणमुक्त

शनिवार , पौष ३, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै अवधिमा थप २५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ४२८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५७२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार