काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । हालसम्म खुल्ला केन्द्रीय सदस्यमा शशांक कोइरालाले अग्रता कायम गरेका छन् । १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गरेका छन् ।
उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।
१०२२ सहित एनपी साउदले दोस्रो स्थानमा छन् भने रमेश लेखकले ९६९ मत पाएका तेस्रो स्थानमा छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।