काठमाडौं। नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत पाएर डा शशांक कोइराला निर्वाचित हुनुभएको छ । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पार निर्वाचित हुनुभएको छ ।
३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने शेखर कोइराला पक्षबाट ९ जना निर्वाचित भएका छन् । ३५ केन्द्रिय सदस्यका लागी ९९ सय जनाको उम्मेदवारी परेको थियो । ९९ जना उम्मेदवारमध्ये सबैभन्दा धेरे मत प्राप्त गर्ने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
खुला केन्द्रिय सदस्यको मतगणना सकिएपछि खुला महिला ९ जना केन्द्रीय सदस्यको मत गणना सुरु भएको छ । हालसम्म भएको मत गणनाको पहिलो नतिजा सावर्जनिक हुँदा १०० हुँदा पुष्पा भुसालले सबैभन्दा धेरै ६० मत पाउनुभएको छ । ९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । १०० मत गणना हुँदा २ जना उम्मेदवारले खाता खोल्न सकेका छैनन् ।
गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ ।