आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस केन्द्रिय सदस्यमा १६ नयाँ अनुहार

सोमवार , पौष ५, २०७८

काठमाडौं। नेपाली कांग्रेसमा १६ जना युवा तथा नेता पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आइतबार राति सकिएको मतगणनामा १६ जनाले पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य हुने अवसर पाएका हुन् । ३५ जनाका लागि गत सोमबार भएको चुनावमा ९९ जनाको प्रतिष्पर्धा थियो । त्यसमध्ये १६ जनाले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बन्न सफल भएका हुन् ।

जसमा उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य बन्न सफल रहे । यस्तै सञ्जयकुमार गौतम, डा गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, मोहन आचार्य र कृष्णकिशोर घिमिरे रहेका पनि छ । 

नयाँ केन्द्रीय सदस्य बनेका उनीहरु नेविसंघ, तरुण दलको राजनीतिमै चर्चा कमाएकादेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेकासम्म छन् । यस्तै पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य बन्नेमा गुण्डानाइके गणेश लामादेखि साहसिक पत्रकार अजयबाबु सिवाकोटी पनि छन् । यद्यपी झण्डै पाँच हजार महाधिवेशन प्रतिनिधिले निवर्तमान महामन्त्री डा.शशांक कोइराला, नेता एनपी सावद, बालकृष्ण खाणलाई पनि लोकप्रिय मत दिएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार