शुक्रवार, आश्विन २३ गते २०८३

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

शुक्रवार , पौष ९, २०७८

काठमाडौं। राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहिबेरपछि बस्ने बैठकमा पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी धारमा रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आउनु भएको छ । त्यसका लागि उहाँले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम हिजो सक्नु भएको छ ।  

सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीको तयारी छ । प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ। माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार