आइतवार, श्रावण २४ गते २०८३

कोरोना अपडेट : २१ संक्रमित थपिए, १६ जना संक्रमण मुक्त

बुधवार , बैशाख २८, २०७९

काठमाडौं। नेपालमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यो संख्या पछिल्लो २४ घण्टाको हो। यस अवधिमा कसैले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन्। ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर १२७ जना सक्रिय संक्रमित छन्। नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८५ पुगेको छ। मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८३९ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार