शुक्रवार, आश्विन २३ गते २०८३

प्रेस युनियनको उपमहासचिवमा रविन्द्र सुवेदीले उम्मेदवारी दिने

शनिवार , आषाढ २५, २०७९

काठमाडौं। नेपाली कांग्रेसको सुभेच्छुक संस्था प्रेस युनियनको आसन्न महाधिवेशनमा उपमहासचिव पदमा रविन्द्र सुवेदीले उम्मेदवारी दिने घोषणा गरेका छन्।

मकवानपुरको हेटौंडामा हुने महाधिवेशनमा सुवेदीले उपमहासचिव पदमा पदमा उम्मेदवारी दिने बताए। सुवेदी डेढ दशक देखि पत्रकारितामा सक्रिय छन। दैलेखको रेडियो पञ्चकोशीबाट पत्रकारिता सुरु गरेका सुवेदी हाल हिमालयन टेलिभिजन र थाहा संचार नेटवर्कमा कार्यरत छन। यो बिचमा उनले थुप्रै रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनमा पनि काम गरिसकेका छन।

यस्तै उपमहासचिव पदमा सुवेदीसहित भुवन शर्मा, सुलोचना गौतम, युवराज गौतम, कुसुम विकले उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्षमा भने आधा दर्जन बढीले दाबी गरेका छन्। युनियनको ९औँ महाधिवेशन आगामी साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा हुने गरी समय तोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार