शुक्रवार, आश्विन २३ गते २०८३

सिट बाँडफाँड टुंग्याउन गठबन्धनका शीर्ष नेताहरू लगातार छलफलमा

सोमवार , भाद्र २७, २०७९

काठमाडौँ —सत्ता साझेदार दलका शीर्ष नेताहरू आज बिहानदेखि लगातार छलफलमा जुटेका छन्। सिट बाँडफाँडको बाँकी विषयमा सहमति जुटाउन नेताहरू बिहानैदेखि छलफलमा छन्।

आज शीर्ष तहको छलफलबाट निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार सिट बाँडफाँडको बाँकी विषयमा निष्कर्षमा पुग्ने गरी छलफल भइरहेको छ। यसअघि आइतबारको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आजलाई बैठक बोलाउने निर्णय भएकाे थियाे।

गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलले कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ–आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाए पनि अन्य ७५ सिटमा गठबन्धनमा सहमति जुटेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार