आइतवार, श्रावण २४ गते २०८३

डेङ्गुबाट बच्न सतर्कता अपनाउन कागेश्वरी नगरपालिकाको आग्रह

बिहिवार , भाद्र ३०, २०७९

काठमाडौंँ  । कागेश्वरी मनोहरा नगरपालिकाले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन नगर प्रमुख उपेन्द्र कार्कीले सबैमा आग्रह गरेका छन्।
 
आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन लागिपरेको बताए । डेङ्गु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरूमा जमेको सफा पानीमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हुन् ।
 
नगर प्रमुख कार्कीले सम्पूर्ण जनप्रनिधि, कर्मचारी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुले डेङ्गु नियन्त्रण अभियानमा सघाउन अनुरोध गरेका छन । उनले जनप्रतिनिधि र कर्मचारीबाट मात्र डेङ्गु नियन्त्रण सम्भव नभएको भन्दै यसमा सवैको सहयोगको जरुरी रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार