शुक्रवार, आश्विन २३ गते २०८३

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक निष्क्रिय

बुधवार , आश्विन ५, २०७९

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् ।

आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट पारित भएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्ने अस्वीकार गरेर संवैधानिक प्रावधानको उलंघन गरेकी छन् भन्ने आराेप छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार