आइतवार, श्रावण २४ गते २०८३

डेङ्गी अर्थात् ‘ब्रेकबोन फिभर’ ?

सोमवार , आश्विन १०, २०७९

डेङ्गी एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । यो एडीस  प्रजातिको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ ।

यो प्रजातिका लामखुट्टेले डेङ्गी रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ्य मानिसको शरीरमा प्रवेश गर्दछन् र ३ देखि ७ दिनसम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखाउन थाल्दछन् ।

डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो। यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ। सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।

यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्।

यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ। केही बिरामीहरूमा यो रोग विकसित (डेङ्गी हेमोरेजिक फिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ।

एकपछि अर्को गरी लगातार हुने सङ्क्रमणले गम्भीर जटिलताको खतरालाई बढावा दिन्छ। डेङ्गीको पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन्। यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गीको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ।


केही देशहरूमा डेङ्गीको सङ्क्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन।

डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ। यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावस्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ।

भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गी छ भने मुखबाट वा नसाबाट(इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ। गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवस्यक हुन सक्छ।

यो रोगका कारण प्रत्येक वर्ष करीब पाँचलाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन्। डेङ्गी लागेको बेलामा इबुप्रोफिन जस्ता नन्स्टेरोइडल एन्टि इन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन।

डेङ्गी दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी समस्या बनेको हो। हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ। प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरू बिरामी पर्ने गरेका छन्। जसमध्ये करीब दसहजारदेखि बीसहजार मानिसहरूको मृत्यु हुने गरेको छ।

डेङ्गीको महामारीको बारेमा सन् १७७९ लिखित तथ्य भेटिएको छ। यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको तथ्य बीसौँ सताब्दीमै पत्ता लागेको थियो। लामखुट्टेको निर्मुल पार्न असम्भव जस्तै भएकोले सिँधै भाइरसलाई नियन्त्रण गर्ने औषधिहरूको बारेमा पनि अध्ययन भइरहेको छ।

डेङ्गी र जीका भाइरसले सङ्क्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ। यसबारे वैज्ञानिक जर्नल ‘सेल’मा एउटा शोध प्रकाशित भएको छ।

ती भाइरसका कारण परिवर्तित गन्धले लामखुट्टेलाई थप आकर्षित गर्ने र लामखुट्टेले टोकेपछि सङ्क्रमित व्यक्तिबाट भाइरस अरूमा सर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले बताएका छन्।

अहिले नेपालमा पनि डेङ्गी भाइरसको प्रकोप फैलिरहेको छ। देशभरिका ७७ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा यो भाइरस पुगिसकेको सरकारी तथ्याङ्कले देखाउँछ। काठमाण्डू उपत्यकामा डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या १२,००० नाघिसकेको छ।

डेङ्गी लागिहाल्यो भने के गर्ने?

-प्लेटलेट्स बढाउन के खाने
-डेङ्गी हुँदा मेवाको पात खानु वा अन्य घरेलु उपचार गर्नु कति ठिक
-डेङ्गीको शङ्का लागे कुन अवस्थामा परीक्षण गर्ने, परीक्षण कहाँकहाँ हुन्छ

प्रायः उष्ण प्रदेशमा फैलिने यो रोग नेपालमा भने पहाडी, उच्च पहाडी र हिमाली जिल्लामा पनि पुगेकोमा विज्ञहरू चिन्तित देखिएका छन्।

डेङ्गी भएको मान्छेतिर किन लामखुट्टे आकर्षित हुन्छ?

चीनको सेन्टर फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शन र बेइजिङस्थित चिङ्ख्वा विश्वविद्यालयसहित विभिन्न चिनियाँ प्रयोगशालामा कार्यरत वैज्ञानिकहरूले मुसालाई डेङ्गी भाइरसबाट सङ्क्रमित गराएर परीक्षण गरेका थिए।

सङ्क्रमित मुसाको छालामा पाइएको एउटा गन्धयुक्त यौगिकका कारण लामखुट्टेले तिनलाई टोक्ने सम्भावना निकै धेरै बढेको पाइयो।

-‘चामत्कारिक’ लामखुट्टेले डेङ्गी ७७ प्रतिशतले घटाउँछ
-के खोपले औलो निर्मूल पार्न सक्ला, जलवायु परिवर्तनको प्रभाव कस्तो
-एउटा सूक्ष्मजीव जसले औलो रोग सर्ने क्रम बन्द गरिदिन सक्छ
-उक्त यौगिक एसिटोफेनन भएको पहिचान भयो। डेङ्गी वा जीका भाइरस सङ्क्रमण भएका मानिसमा त्यो यौगिक बढी उत्पादित हुन्छ।

परीक्षणमा सहभागी स्वयंसेवकहरूका हातमा एसिटोफेनन दल्दा लामखुट्टे आकर्षित भएको पाइयो। वैज्ञानिकहरू अहिले उक्त यौगिकलाई लक्ष्य बनाउनेगरी उपचारको खोजीमा लागेका छन्।

नेपालमा डेङ्गी. सन् २०१२ देखि डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या. .

के हो डेङ्गी?
विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ। यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ।

प्रायः एडीज एजीप्टी र कतैकतै एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट डेङ्गी भाइरस सर्छ। यी लामखुट्टेले येलो फिभर, जीका भाइरस र चिकूङ्गून्या पनि सार्छन्।

अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन्।

मासु खाने कीटाणु: दुर्लभ रोगले झन्डै ज्यान लिएको एक पीडितको अनुभव
खोप लगाएका मानिस कोभिडबाट कति सुरक्षित, के छ नेपालको अवस्था
यो भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउँछ, शरीरमा डाबर देखा पर्न सक्छ र टाउको तथा पूरै जीउ दुख्न सक्छ। केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन्।

यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।

तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ


-रोगबाट बच्ने के कस्ता उपाय छन्?
-लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
-खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
-पानी छोपेर राख्ने
-शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
-सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
-दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
-लामखुट्टेको टोकाइ जोगिन लामखुट्टेलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने
-के डेङ्गी भाइरसविरुद्ध खोप छैन?


विश्व स्वास्थ्य सङ्गठनका अनुसार सनोफी पाश्चर कम्पनीले उत्पादन गरेको डेङ्भ्याक्सिया नामक खोप अहिले उपलब्ध छ। झन्डै २० देशमा उक्त खोपले प्रयोगका लागि मान्यता पाएको छ।

तर नेपालमा यो खोप आइसकेको छैन। उक्त खोपले सन् २०१५ मा अनुमतिपत्र प्राप्त गरेको थियो। अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार डेङ्गी सङ्क्रमण भएको पुष्टि प्रयोगशालामा गरिएका परीक्षणबाट भएका र उक्त रोगको प्रकोप भएका क्षेत्रमा बसोबास गर्ने नौदेखि १६ वर्षसम्मका बालबालिका लागि यो वर्ष एउटा उक्त खोपलाई मान्यता दिइएको छ।

तर बाहिरबाट संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने तर डेङ्गीको प्रकोप भएका स्थानमा बसोबास नगर्ने मानिसलाई उक्त खोप दिइँदैन। डेङ्भ्याक्सियाले डेङ्गीका चारवटै सीरोटाइपविरुद्ध प्रतिरोध क्षमता विकास हुन्छ।

उक्त भाइरसमा दुर्बल पारिएको जीवित भाइरस हुन्छ। रिकम्बिनन्ट डीएनए प्रविधि प्रयोग गरेर यो भाइरसको निर्माण गरिएको सीडीसीएको वेबसाइटमा उल्लेख गरिएको छ।

डेङ्गी सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो रोग सार्नको लागि माध्यम मच्छड नै हो, डेङ्गी  मच्छड सङ्लो, जमेको पानीमा बसेर प्रजनन् क्रिया तीव्र बनाउने हुन्छ ।

त्यसैले गर्दा डेङ्गी पानी पर्ने र ओसिलो समयमा बढी फैलने हुन्छ । लगभग २० जना डेङ्गी प्रभावितमध्ये १ जना बिरामीलाई गाह्रो पार्न सक्छ  र यो रोगको मृत्युदर १–२  प्रतिशत हो । यो रोगले गर्भवती महिला, साना बच्चाहरूमा  र दोहोरिएर भएको डेङ्गी  रोगमा जटिल समस्याहरू आउन सक्छ ।

लक्षणहरूः
–अत्यधिक ज्वरो आउनु  (१०२ डिग्री फरेनहाइटभन्दा माथि) ।
–आँखाको वरिपरि र ठीक पछाडिको भागमा अत्यधिक दुख्नु ।
–छालामा रातो डाबर वा धब्बा आउनु ।
–हड्डी फुट्ने गरी दुख्नु आदि ।

यी माथिका लक्षणहरू मुख्य लक्षणहरू हुन् र यस्ता लक्षण देखा परेमा डेङ्गी रोग भएको अनुमान गर्न सकिन्छ ।
अन्य लक्षणहरूः
–वाक्वाकी लाग्छ ।
–छट्पटी हुन्छ ।
–बान्ता हुन्छ ।
–शरीरमा बिमिरा आउन सक्छ ।
–नाडी कमजोर तथा रक्तचाप कम हुन सक्छ ।
–यदि शरीरमा प्लेटलेट्सको मात्र कम भएमा शरीरको कुनै पनि ठाउँबाट रक्तश्राव हुनसक्छ ।
–धेरै रक्तश्राव भएमा बिरामी बेहोस हुन्छ ।
–समयमा उपचार नभएमा मानिसको मृत्यु पनि हुनसक्छ ।

उपचारः
डेङ्गी भाइरसको कारणले गर्दा हुने रोग हो । विश्वमा अहिलेसम्म यसको भाइरसलाई मार्ने औषधि बनेको छैन । त्यसैले गर्दा यसमा लक्षणअनुसारको उपचार गर्नुपर्ने हुन्छ ।

–ज्वरो कम गर्न प्लेन सिटामोलको प्रयोग गर्ने ।
–ब्रुफिन र स्प्रिनजस्ता औषधिको प्रयोग नगर्ने ।  किनकि यस्ता औषधिको प्रयोगले रगत पातलो बनाई धेरै रक्तश्राव हुने भएकाले जोखिम बढ्न सक्छ ।
–बिरामीलाई आराम गराउने ।
–बिरामीलाई झोलिलो र चाँडै पच्ने खालको खानेकुराहरू दिने ।
–यदि बच्चा, गर्भवती महिला र डेङ्गी दोहोरिएर भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराउने ।
–होमियोप्याथिक उपचार पद्दतिअनुसार लक्षणका आधारमा औषधि दिइने हुँदा यो रोगमा होमियोप्याथिक उपचार लाभप्रद देखिन्छ ।
–बान्ता, चक्कर र छट्पटी लागि शरीर कमजोर भई बेहोस भएमा तुरुन्त अस्पताल भर्ना गर्ने ।
–शरीरमा पानीको मात्रा कम हुने हुँदा एकदम झोलिलो खाने कुरा दिने ।

सावधानीः
डेङ्गी सार्ने मच्छड सफा र जमेको अनि कम पानीमा पनि यसले आफ्नो प्रजनन् प्रक्रिया पूरा गरी सङ्ख्या बढाउने हुँदा सम्पूर्ण पानी जम्ने प्रकृतिका वस्तुहरू नष्ट गर्नुपर्छ ।
यो प्रजातिको मच्छड उज्यालो समयमा बढी सक्रिय हुने हँुदा बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनुभन्दा अगाडि यसबाट बच्ने उपायहरू अपनाउनु पर्छ ।
–झुल टाँगेर मात्र सुत्ने बानी बसाल्ने ।
–गाउँ, टोल र बस्तीहरू सफा राख्ने ।
–मच्छडको टोकाइबाट बच्ने क्रिमहरू लगाउने ।
–मच्छड भगाउने धुप बालेर सुत्ने ।
–विभिन्न चिकित्सा पद्दतिअनुसार तीतो चिराइतो, निमपत्ती, मेवाको पातलगायतका औषधिहरू खानुपर्छ भन्ने मान्यता भएको हुँदा धेरै जनाले त्यसो गरेको पाइन्छ तर, नाडीको गति र रक्तचाप कम भएको छ भने त्यस्तो बेलामा तीतोले गर्दा बिरामीको अवस्था झन् जोखिममा पर्न सक्छ । त्यसैले यस्ता कुरामा विश्वास नगरी चिकित्सकको सल्लाह लिएर मात्र यस्ता औषधिहरू सेवन गर्नु उचित हुन्छ ।

फगिङ वा धुवाँबाट यो प्रजातिको मच्छड र लार्भाहरू नष्ट गर्न सकिन्छ ?
विभिन्न अनुसन्धानबाट प्राप्त जानकारीअनुसार फगिङ वा धुवाँ लगाएर मच्छड मार्ने पद्दतिबाट केही हदसम्म मरे पनि त्यसबाट सम्पूर्ण लार्भाहरू नष्ट नहुने हँुदा यो विकल्प पनि अपूरो छ । त्यसै कारणले गर्दा पानी जम्ने स्रोत नष्ट गर्नु नै सबैभन्दा राम्रो विकल्प हुनसक्छ । धुवाँ लगाउने विधि अन्तिम विकल्प होइन ।

सरकारको दायित्वः
–जनचेतनाका कार्यक्रमहरू गरी अभियानहरू चलाई पानी जम्ने स्रोतहरू नष्ट गर्ने ।
–डेङ्गी चेकजाँचमा सहजता बनाउने ।
–उपचारलाई सरल, सहज र कम खर्चिलो बनाउने खालका योजना, नीति र कार्यक्रमहरू ल्याउने ।
–जोखिम क्षेत्रको अध्ययन गरी क्षति कम गराउने खालका योजनाहरू बनाउने ।
–यस्तो महामारीमा विभिन्न स्वास्थ्य संस्थाहरूले आफूखुसी दररेट बढाएर डेङ्गीको चेकजाँच गर्ने गरेको पाइएको हुँदा त्यस्ता प्रकारका अवैधानिक गैरजिमेवारी कामको नियन्त्रण गर्ने ।
–त्रास फैलन नदिने तर, सही समाचार सम्प्रेषण गर्ने ।
–सञ्चारक्षेत्रको सहयोग लिने ।
–महामारीको समय भएको हुँदा प्राइभेट स्वास्थ्य संस्थालाई पनि सहुलियत दरमा उपचार गराउनको लागि आग्रह गर्ने ।
–सबै सङ्घ–संस्था र शिक्षकहरूलाई प्रतिनिधिमूलक तालिम गराउने ।
–डेङ्गी लागिसकेको मानिसलाई सुरक्षित र झुलभित्र राख्नुपर्छ, नत्र एडीस प्रजातिका मच्छडले सङ्क्रमित व्यक्तिलाई टोक्दा गाउँ, घर र सहर सबै ठाउँमा सङ्क्रमण बढ्ने सम्भावना हुन्छ, त्यसैले लक्षित गरिब परिवारलाई झुल वितरण गर्ने कार्यक्रम ल्याउने ।

यो अवस्थामा रक्तस्राव हुने मात्र नभइ रगतमा प्लेटेलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ। त्यस्तै डेङ्गीको अर्को विकसित रूप डेङ्गी सक सिन्ड्रोम पनि हो। यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ।

डेङ्गी धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ। यो रोगका भाइरसहरू पाँच प्रकारका छन्। यी मध्ये कुनै एकको सङ्क्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ। तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार