काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले आज पदभार ग्रहण गर्ने भएका छन् । उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर
साढे १० बजे पदभार ग्रहण गर्ने छन् ।
गृहमन्त्री नियुक्त भएका खाणले आज बिहान पदभार ग्रहग गर्ने कार्यक्रम तय भएको उनका सहयोगी कांग्रेस महासमिति सदस्य जन्मजय तिमिस्सिनाले जानकारी दिए ।
पदभार ग्रहणपछि मन्त्रालयबारे जानकारी लिने र सुरक्षा प्रमुखहरूसँग सुरक्षाबारे जानकारी लिने कार्यक्रम छ ।