काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र इतर पक्षबीच निर्णायक छलफल भइरहेको छ । संस्थापनले समानुपातिकमा एकलौटी गरेपछि आक्रोशित बनेको कोइराला पक्ष समान न्यायका लागि आन्दोलित रहेको छ ।
यदि न्याय नपाए आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसमेत वहिस्कार गर्नेसम्मको कठोर नीति लिन सक्ने बताउँदै नेतृत्वलाई न्यायका लागि दबाब दिएसँगै संस्थापन केही लचिलो देखिएको छ ।
विभिन्न चरणमा वार्ताहरु भइरहेका छन् । यसलाई निचोडमा पुर्याएर प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूचीमा न्याय गर्नका लागि देउवा लचिलो देखिएको पाइएको छ ।