शुक्रवार, आश्विन २३ गते २०८३

मन्त्रीका पत्नी पत्नीको नाम समानुपातिकको सूचीबाट पछि सारियो

सोमवार , आश्विन १७, २०७९

काडमाडौँ । प्रधानमन्त्री र गृहमन्त्री पत्नीको नाम नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फको सूचीबाट पछि सारेको छ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

यसअघि कांग्रेसले आयोगमा पेश गरेको बन्दसूचीमा आरजुको नाम आठौँ र मञ्जुको नाम नवौँ नम्बरमा थियो।

समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको संस्थापन पक्षका एक नेताले दाबी गरेका छन्।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज आइतबार अन्तिम दिन हो । सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन वा सच्याउन चाहेमा असोज १७ गतेको मिति तोकेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार