बारा- बाराको अमलेखगञ्जमा यात्रुवहाक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस आज विहान दुर्घटनामा परेको हो । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर- २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा भएको हो ।
दुर्घटनामा ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होविन्द्र बोगटीलाई उद्दत गर्दै हाम्रा बारा संवाददाता गुरु गौतमले जानकारी दिनुभएको छ ।
दुर्घटनामा घाइतेहरुको उपचार हुँदै । फोटो : दिपेन्द्र रोका, मकवानपुर
अरु १५ जना घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि मकवानपुर ल्याइएको छ ।