शुक्रवार, आश्विन २३ गते २०८३

नेकपा (एमाले) र जसपाबीच चुनावी तालमेलमा सहमति

शनिवार , आश्विन २२, २०७९

 

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच शुक्रबार साँझ सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउनेछ । 

एमाले र जसपा तालमेल गरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । सहमतिअनुसार एमालेले जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा प्रतिनिधिसभातर्फ सघाउनेछ । त्यसैगरी जसपाले एमालेलाई अन्य ठाउँमा सघाउने सहमति गरेको छ । 

हेर्नुहोस् समतिको पूर्ण पाठ



 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार