आइतवार, श्रावण २४ गते २०८३

विश्वकप फुटबलः तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को खेल्दै

शनिवार , पौष २, २०७९

काठमाडौं  विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो।

दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।

मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो।

 फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार