काठमाडौं । अहिलेको डिजिटल संसारमा मानिसहरुले आफ्ना रुचिका सरसामान अनलाइनबाटै खरिद गर्ने गरेका छन् । अनलाइन सेवा प्रदायकका कारण अब उपभोक्ताले घरमै बसेर जुनसुकै कुरा पनि अर्डर गर्न सक्ने भएका छन् ।
यसैबीचमा सोसल मिडियामा एउटा फन्नी भिडियो भाइरल भैरहेको छ । जसमा अनलाइनमा अर्डर गरिएका सामान ग्राहकको घरसम्म पु¥याउने डेलिभरी ब्वाइले एकजना युवकमाथि थप्पड हानिरहेको देखिन्छ ।
अहिलेसम्म तपाईंले आफ्नो घरको खानेकुरा, लत्ता कपडालगायतका चिजबिजहरु अनलाइनमा अर्डर गर्नुभएको छ होला । तर एकजना युवतीले चाहिँ अनौठो कृत्य गरेकी छिन् ।
उनले आफ्नो भूपु ब्वाइफ्रेण्डको लागि अनलाइनमा दुई जोडदार थप्पड अर्डर गरिन्। सोही बमोजिम एक डेलिभरी ब्वाइले ती अर्डर गर्नेवाला युवतीको भूपु प्रेमीको घर पुगेर उनका दुवै गालामा एक एक थप्पड मार्दछ ।
आफ्नो गालामा बर्साइएको चड्कनको कारणबारे उक्त युवकले भेउ पाउँदैनन् । तब डेलिभरी ब्वाइले त्यसको कारण खुलाउँदै ती युवककी भूपु गर्लफ्रेण्डले उनका लागि दुई थप्पड अर्डर गरेको जानकारी दिन्छन् ।
दुई जोडदार थप्पड ग्राहक समक्ष पु¥याएसँगै डेलिभरी ब्वाइले ती थप्पड खाने युवकसँग एउटा कागजमा सामान बुझेको भरपाई गराउँछ । जाँदाजाँदै डेलिभरी ब्वाइले अर्को रोचक जानकारी पनि दिन्छ त्यो युवकलाई ।
वास्तवमा भूपु गर्लफ्रेण्डले आफ्नो भुपु ब्वाइफ्रेण्डका लागि दुई मुक्का अर्डर गर्न चाहेकी थिइन् तर त्यसको लागत धेरै पर्ने भएपछि दुई थप्पडमा चित्त बुझाएकी हुन् ।
हुनत यो भिडियो केवल हँसिमजाकका लागि हो र एउटा कमेडी युट्युब च्यानलबाट साभार गरिएको हो । तर यसले अहिलेको अनलाइनको जमानामा जे पनि सम्भव हुन थालेको छ भन्ने देखाएको छ ।
एजेन्सी