उनले हालै ट्वीटरको स्वामित्व खरिद गरेपछि धेरै कुरा परिवर्तन गर्ने कोसिस गरेका थिए, त्यसबाट उनको आलोचना भएको थियो । खासगरी उनले ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने भनेर निर्णय गरेपछि विश्वभरबाट आलोचना भएको थियो ।
उनले लेखका छन्, ‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु ।’ विश्वका अर्बपति एलन मस्कले टेस्ला र स्पेस एक्स पनि चलाउँछन् ।