आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने गरि स्थगित

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

आज दिउँसो दुई बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि भोलि बस्ने गरि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लाग्नुभएको छ । सर्वोच्च अदालतको परमादेशपछि यही असार २९ गते प्रधानमन्त्री बनेका देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाएका छन् ।

सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोशिस गरेका देउवाले शुरूमा विपक्षी गठबन्धनमा रहेकाहरुलाई पनि सरकारमा सहभागी गराउने कोसिस गरिरहनु भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार