सोमवार, श्रावण २५ गते २०८३

आपसी विवादमा कुटपिट हुँदा एकजनाको ज्यान गयो

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं । कञ्चनपुरमा कुटपिट बाट एकजनाको ज्यान गएकोल छ । जिल्लाको भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको बुधबार  राति कुटपिटबाट मृत्यु भएको हो ।

दुइजनाबिच भएको आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।


कुटपिटमा संलग्न गिरधारी लुहारलाई प्रहरीले पक्राउ गरेको छ । मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । कुटपिटमा संलग्न रहेका लुहारलाई हिरासतमा राखेर अनुसन्धान गरीरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार