शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस प्रदेश १ संसदीय दलमा उद्धव विजयी

शुक्रवार , पौष १५, २०७९

प्रदेश १ नेपाली कांग्रेसको संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । उनले १८ मत प्राप्त गरे । थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापा कृष्ण सिटौलानिकटका हुन् ।

पाँचदलीय गठबन्धन भत्किएसँगै एकाएक यहाँको संसदीय दलको समीकरण बदलिएको थियो ।

यसअघि यहाँ सिटौला पक्षमा खुलेका ९ सांसद थिए । पछिल्लो समयमा देउवाका विश्वास पात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई काँध थापेको कांग्रेसका एक नेताले बताए ।

यस्तै संस्थापन पक्षकै प्रभावशाली नेता तथा प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पनि उनलाई साथ दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार