बिहिवार, आश्विन २२ गते २०८३

पत्रकारलाई खुलामञ्च र राष्ट्रिय सभागृहमा प्रवेशमा रोक

बिहिवार , आश्विन २२, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु भएको छैन ।

यता मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ ।


कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई पनि अहिलेसम्म दुवै ठाउँमा प्रवेश गर्न दिइएको छैन ।मतदान स्थलमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार