शुक्रवार, आश्विन २३ गते २०८३

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई बुझायो स्मरणपत्र

शुक्रवार , पौष १५, २०७९

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ ।

टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँच बुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रधानमन्त्री दाहाललाई सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो ।

संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लागि आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन पनि नगर्ने पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले हस्ताक्षर गरेको स्मरण पत्रमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार