शुक्रवार, आश्विन २३ गते २०८३

ओली र रवि लामिछानेबीच भेटवार्ता

शनिवार , पौष १६, २०७९

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा शनिबार विहान भेट भएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समर्थनमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ । मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ ।

यही सन्दर्भमा ओली र रास्वपा सभापतिसमेत रहेका लामिछानेबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार