शुक्रवार, आश्विन २३ गते २०८३

एमाले विभाजन गर्नेलाई बिर्सेका छैनौँः ज्ञवाली 

शनिवार , पौष १६, २०७९

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै गल्ती स्वीकार नगरेसम्म माधव नेपाल नेतृत्वको समूहलाई स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन्।

एमाले निकट रिटर्नी फेडरेशनको पहिलो स्थापना दिवसलाई शनिबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले नेकपा एसतर्फ संकेत गर्दै गम्भीर समीक्षाबेगर अरू कुनै पनि कुरा सम्भव नरहेको बताएका हुन्।

माधव नेपाललाई राष्ट्रपति बनाउन लागिएको र नेकपा एसलाई मिलाउन लागिएको हल्लातर्फ संकेत गर्दै ज्ञवालीले त्यो कुनै सम्भव नरहेको पनि बताए।

ज्ञवालीले माओवादी र एमालेको विभाजनलाई बरु स्वाभाविक मान्न सकिने र यसमा अदालतको र आफ्नै ३ वर्षको अनुभवले पनि त्यस्तै भनेको बताए। उनलेएमालेलाई बिगार्ने नियतले अब कसैलाई पनि स्थान नदिइने प्रष्ट पारेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार