शुक्रवार, आश्विन २३ गते २०८३

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

सोमवार , पौष १८, २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। 

पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन्। 

नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्न लागेको छ। संसद सुरू भएको अर्को दिन नै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

नेपालको संविधानको ६६ को उपधार (२) बमोजिम नियुक्त भएपछि तीन दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रचण्डले १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार