शुक्रवार, आश्विन २३ गते २०८३

जसपासँग एकताको लागि एकीकृत समाजवादी छलफलमा

सोमवार , पौष १८, २०७९

काठमाडौं। नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकमा ३० जनाले आफ्नो धारणा राखेका छन् । सोमबाट सुरु भएको बैठक भोलिपनि बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले बर्तमान सरकारमा सहभागि हुनका लागि औपचारिक प्रस्ताव नआएकाले सरकारलाई कसरी हेर्ने भन्ने विषयमा छलफल भइहरेको बताए। 

उनले वामपन्थी एकताको पक्षमा भएपनि अहिले तत्काल कसैसँग एकता गर्ने पक्षमा नरहेको पनि बताए।

 जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले नेकपा एससँग एकता भयो भने कुनै आश्चर्य नमान्दा हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले एकताका लागि आफुहरुको छलफल भइरहेको बताए।

त्यसअघि बोल्दै पार्टीका अध्यक्ष माधवकुमार नेपाललले प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने बताएका थिए। बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार