आइतवार, आश्विन २५ गते २०८३

पौडेल पक्षले मन्त्रीको टुंगो लगाउँदै 

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक बसीरहेको छ ।

महामन्त्री शशांक कोइराला निवास महाराजगंजमा जारी बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने टुङ्गो लगाउने छ । 

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेसका सभापति देउवाले सोही दिन पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । देउवाले पौडेल पक्षबाट मन्त्री बन्नेहरुको नामावली मागेपछि बैठक बसेका जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार