शुक्रवार, आश्विन २३ गते २०८३

६ दिन सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, पुस २८ मा बस्ने

बुधवार , पौष २०, २०७९

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २३ गते पार्टीको संसदीय दल बैठक र २८ गते केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।  

प्रतिनिधिसभाको अधिवेशन पुस  २५ गते सुरु हुने भएकालाई त्यसलाई केन्द्रित गर्दै संसदीय दलको बैठक डाकिएको हो । केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते १ बजे बस्नेछ ।  

यसअघि पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक तय गरेपनि ६ दिन पर सारिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार