साउदी अरव। नेपालका सेफ सरोज थापाले क्रिसमस र अंग्रेजी नयाँ वर्षमा केक र पेष्ट्रिका विभिन्न परिकार बनाएर सबैको ध्यान तानेका छन्। पेस्ट्रिका एक्जुकेटिभ सेफ सरोज थापाले नेपाली कोदो र टीमुरको प्रयोग गरि केकलाई नयाँ क्रियसनमा छुट्टै कला दिई बिभिन्न प्रकारका केकहरु बनाएका थिए।
त्यस क्रममा उनले नेपाली कोदो र टीमुरको प्रयोग गरि केकलाई नयाँ क्रियसनमा छुट्टै कला दिई बिभिन्न प्रकारका केकहरु बनाएका थिए। जहाँ केक चाख्ने र फोटो खिच्नेको भिडनै लागेको थियो ।
उनले बनाएका र निर्देशन अनुसार टिमले देखाएको यो कलाको अबलोकन गर्न आउनेहरुले खुलेर प्रशंसा गर्न पछि पर्दैनन्। उनले बनाएका केक र पेष्ट्रिका आकृति तथा परिकारले अवलोकन गर्दा छुट्टै संसारमा पुगेको अनुभव भएको उनले वनाएका परिकारको स्वाद लिएकाहरु बताउछन्।
दर्जनौ होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ हुदै साँउदीको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सम्हाल्न साउदी पुगेका थापा सबैका प्रिय पात्र रहेका छन्। नेपाली सेफ सरोज थापाले साउदीमा क्रिसमस र अग्रेजी नयाँ वर्षको दिनमात्रै होइन प्राय प्रत्यक दिन आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भईरहेका छन्।
नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा मध्यम परिवारमा जन्मिएका थापा बाल्यकालदेखि नै अदितीय क्षमताले भरिपूणर् व्याक्ति हुन्।
विद्यार्थी जीवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जितेका थापाले अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको बताउछन्। उनले राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी रहेको बताए।
बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै आज मलाई यो पेशामा आउन सहज भयो थापाले बताए। २०५४ सालमा एसएलसि पुरा गरि राजधानी छिरेका उनले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना भै उच्च शिक्षा हासिल गरे। एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन थापा बताउछन्।
दिनमा बाहिर काम गरि रातमा क्याम्पस पढ्ने गरेका थापाले प्रबिणता प्रमाण पत्र पुरा गरि कालीमाटीको एक आइसक्रिम पसलमा काम गरेको बताउछन्। काम गर्दै पर्यटन र होटल व्यवस्थापनमा नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गरेका थापा अहिले बिश्वमा चर्चित सेफ बन्न सफल भएका हुन्।
होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले थापाको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उनलाई मानव संसाधन विभागले बोलाएर स्थायी स्टाफको रुपमा नियुक्ती दिलाएपछि उनको जिवनको करिअरले एक महत्वपूणर् टर्निङ गरेको थापा सुनाउछन्।
होटल सांग्रिलामा आफ्नो कला देखाएका थापा केही समयपछि अवसरको खोजिमा दुबई पुगे। दुबईमा धेरै होटेलमा अत्यन्त सफलता हासिल गरेका थापा अहिले थप अवसरको लागी साउदी अरवको केम्पिनस्की होटलमा पेस्ट्रिका एक्जुकेटिभ सेफका रुपमा बिगत १ बर्षदेखी कार्यरत रहेका छन्।