शुक्रवार, आश्विन २३ गते २०८३

अर्थमन्त्रालयमा फेरिए दुई सचिव

बिहिवार , पौष २१, २०७९

काठमाडौं । अर्थ मन्त्रालयका दुई सचिव हेरफेर भएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णयअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार