शुक्रवार, आश्विन २३ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

बिहिवार , पौष २१, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका प्रधानमन्त्री दाहालले वाणिज्य तथा आपूर्ति सचिवलाई मूल्य घटाउन निर्देशन दिएका हुन्। 

प्रधानमन्त्रीले बिहीबारकाे मन्त्रिपरिषद् बैठकलगत्तै वाणिज्य तथा आपूर्तिसचिवलाई मन्त्रालयमै बोलाएर पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण उपभोक्तालाई मार परेकाले घटाउन निर्देशन दिएका हुन्।

पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ । अन्तर्राष्ट्रियस्तरमा मूल्यमा गिरावट आएको कारण निगमलाई मासिक एक अर्बभन्दा बढी नाफा रहेको हो ।

हवाइ इन्धन र मट्टितेलमा कानुनभन्दा बढी नाफा लिएको छ । यस्तो अवस्थामा  प्रधानमन्त्रीले निगमको बोर्ड प्रमुख समेत रहेका सचिवलाई निर्देशन दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार