काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रविव लामिछानेविरुद्धको मुद्धामा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।
लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले ६ पुसमा आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले शुक्रबार हुने छलफल उनीविरुद्ध दर्ता निवेदनमाथि अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विषयमा केन्द्रित हुने बताए।
लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज भएको र उनी नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरी नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको हो ।
अर्को रिट निवेदनमा उनले एकसाथ अमेरिका र नेपालको पासपोर्ट प्रयोग गरेकाले उनीमाथि छानविन र कारवाही हुनुपर्ने माग छ ।
यसअघि बिहबिार जवाफ पठाउँदै निर्वाचन आयोग, प्रतिनिधिभा र जिल्ला प्रशासन कार्यालय काठमाडौंले रविको मुद्दा रद्द हुनुपर्ने छुट्टाछुट्टै जवाफ पठाएका थिए।