शुक्रवार, आश्विन २३ गते २०८३

संवैधानिक इजलास: रवि लामिछानेको सांसद पद स्वतः खारेज भागी छ

शुक्रवार , पौष २२, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा आज सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भइरहेको हो ।

प्रारम्भमा रिट निवेदकको तर्फबाट बहस भएको छ । बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरुले रवि लामिछानेको सांसद पद खारेज भागी रहेको जिकीर गरेका छन् । 

बहस गर्नुभएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कणर्सहितका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद स्वतः खारेज हुने जिकीर गरेका छन् । 

अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले लामिछानेको सांसद खारेज हुनुपर्ने उनीहरुले माग गरेका छन् । नेपाली नागरिकले मात्र निर्वाचनमा भाग लिन पाउने रिट निवेदकतर्फका कानुन व्यवसायीले लामिछानेको उम्मेदवारी अवैध घोषित गरेर सांसद पद स्वतः खारेज हुनुपर्ने तर्क गरेका हुन् । 

अहिले वहश केही समयका लागि राकिएको छ । अधिवक्ताहरु खाजा खाएपछि पुनः वहशमा जुट्नेछन् । यसपछि रवि तर्फका कानून व्यवसायीले वहस गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार