काठमाडाैं। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको भागबण्डामा सहमति जुटेको छ । आईतबार राती बसेको सत्ता गठबन्धनको बैठकले बाँकी रहेका ६ वटा प्रदेशको पनि भागबण्डा टुंगाएको हो ।
जसअनुसार प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश एमालेको भागमा परेको छ । त्यस्तै वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने सहमति जुटेको छ ।
मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो गर्ने र कर्णालीमा माओवादीले सरकार बनाउने गरि सत्ता गठबन्धनले बाँकी रहेका ६ वटा प्रदेशको भागबन्डाको टुंगो लगाएको जनाइएको छ । प्रदेश १ मा भने एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन्।