शुक्रवार, आश्विन २३ गते २०८३

बागमतीमा जम्कट्टेल र गण्डकीमा अधिकारी आज मुख्यमन्त्री बन्दै

सोमवार , पौष २५, २०७९

काठमाडौं । गण्डकी र बागमती प्रदेशमाा आजै मुख्यमन्त्री नियुक्त हुने सम्भावना बढेको छ।  ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

दुबै प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ ।

वाग्मतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

्वाग्मतीमा नेकपा (माओवाादी केन्द्र)का प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र गण्डकीमा नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको भागबन्डा गरिँदा वाग्मती सरकारको पहिलो कार्यकालको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । गण्डकीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति छ ।

सोहीअनुसार वाग्मतीको मुख्यमन्त्रीका लागि गठबन्धन दलका सांसदको समर्थनमा जम्कट्टेलले दाबी पेस गर्नेछन् । गण्डकीको मुख्यमन्त्रीका लागि अधिकारीले दाबी पेस गर्नेछन् । उनीहरूले बहुमत पुर्‍याएर दाबी पेस गरेमा प्रदेश प्रमुखले आजै मुख्यमन्त्री पदमा नियुक्त गर्न सक्नेछन् ।

प्रदेश नम्बर-१ मा एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार