शुक्रवार, आश्विन २३ गते २०८३

सांसदहरु जनताको निरन्तर निगरानीमा छन्ः प्रधानमन्त्री प्रचण्ड

सोमवार , पौष २५, २०७९

काठमाडौं। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताए। प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताएका हुन्।

परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने भन्दै सबै सांसदहरु जनताको निरन्तर निगरानीमा रहेको समेत बताए। 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताए। नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको उनको भनाइ छ ।

मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार