शुक्रवार, आश्विन २३ गते २०८३

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ‘ग्रिन सिग्नल’

सोमवार , पौष २५, २०७९

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने संकेत गरेका छन् ।

साेमबार साँझ आफूलाई विश्वासको मत माग्न देउवाको निवास पुगेका थिए ।

पुस १० मा नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन भत्किएपछि पहिलो पटक देउवासँग भेटवार्ता गरेका प्रचण्डले साेमबार आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल सकारात्मक रहेको छ । प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेपछि देउवाले विश्वासको मत दिने संकेत गरे ।

देउवाले मंगलबार पार्टीभित्र छलफल गरेर निर्णय गर्ने आश्वासन दिएका छन् । थप छलफलका लागि म‌गलबार संसदीय दलकाे बैठक पनि बस्नेछ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार