शुक्रवार, आश्विन २३ गते २०८३

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

मंगलवार , पौष २६, २०७९

काठमाडौं। बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार बिहान प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा जमकट्टेललाई शपथ खुवाएका हुन् । साथै, एमाले दल नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाबाट उद्धव थापाले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । 

जमकट्टेल माओवादीका २१ सांसद, नेकपा एमालेका २७ सांसद, राप्रपाका १३ सांसद, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ७० जना सांसदको समर्थन पाएर सोमबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार