काठमाडौँ । बिहिबार सत्तारुढ गठबन्धनको बैठक बसेको छ । बैठकमा कोरोना महामारी रोकथाम, त्यसको खोप र प्राकृतिक विपत्तिलाई ध्यानमा राखेर काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको जनाइएको छ ।
बैठकमा सरकारलाई चाँडै भ्याक्सिन उपलब्ध गराउन फास्ट ट्रयाकमा काम गर्न सुझाव दिइएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । बैठकमा बाढी पहिरोले पु¥याएको क्षति देशभर कहाँ कस्तो छ त्यसबारे बुझेर राहत पु¥याउने विषयमा पनि छलफल भएको थियो ।
सरकारले साउन ३ गते बोलाएको संसद् बैठकको तयारी लगायतका विषयमा सैद्धान्तिक छलफल भएको खड्काले बताए । त्यस्तै बैठकमा हालसम्मको राजनीतिक घटनाक्रमको समीक्षा भएको पनि जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । भने एमाले नेता माधवकुमार नेपाल पक्षबाट विजय पौडेल सहभागी भएाक थिए ।