शुक्रवार, आश्विन २३ गते २०८३

पृथ्वी जयन्तीमा पूर्वराजाकाे सन्देश: अंक तथा आकार प्रकारमा राजनीति अलमलियाे

बुधवार , पौष २७, २०७९

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गरेका छन्। बुधबार जारी गरिएकाे शुभकामना सन्देशमा राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता भएको बताएका छन् ।

त्यसमा उनले विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकार प्रकारमा राजनीति अलमलिएको बताउदै राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिएकाे बताएका छन्।

उनले भनेका छन्, “हामी चाहन्छौं– देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न–प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् । राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्तमात्रै हुन्छ भन्ने पनि हामीले ठानेका छौं । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ ।”

324655373_1493798707690271_1954507419936407503_n1673351673.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार